देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक जना नेपालीमा कोरोना भाइरस संक्रमणको आशंका

देशान्तर

काठमाडौँ  . हङकङबाट नेपाल फर्किएका एक जना नेपालीमा नोवल कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । ती नेपालीलाई कोरोना संक्रमणको आशंकामा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट सिधै ललितपुरको लगनखेलस्थित पाटन अस्पताल लगी भर्ना गरिएको छ । कोरोनाको आशंकामा एक जनालाई अस्पताल भर्ना गरिएको र यसबारे पुष्टि गर्न इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा नमुना पठाइएको अस्पतालले जनाएको छ ।

ती व्यक्तिलाई आइसोलेसनमा निगरानीमा राखेको अस्पतालले जनाएको छ । यसअघि पनि एक जना नेपालीमा कोरोना संक्रमणको आशंका गरिएको थियो। हाल उनलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ । चीनको हुवेइ प्रान्तको राजधानी ११ मिलियन ९१ करोड १० लाख जनसंख्या भएको वुहानमा पहिलो पटक देखा परेको यस संक्रमणले सबै भन्दा बढी वुहानलाई असर गरेको छ ।