देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निलम्बित एसएसपी राणालाई पाँच दिन हिरासतमा राख्न अनुमति

देशान्तर

काठमाडौं, यौन दुर्व्यवहारको आरोप लागेका संघीय प्रहरी इकाई कार्यालय धरानका निलम्बित प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी सौरभ राणालाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।सोमबार जिल्ला अदालत सुनसरीले थप अनुसन्धान गर्न राणालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए।

आफूविरूद्ध पक्राउ पूर्जी जारी भएपछि राणा आफैं आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेका थिए।यौन दुर्व्यवहारको आरोपमा राणालाई गृह मन्त्रालयले निलम्बन गरेको थियो। राणाले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन्। राणाले भने त्यसमा सत्यता नभएको दाबी गर्दै आएका छन्।