काठमाडौं, २२ माघ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौला पन्तले पार्टी रुपान्तरणको चरणमा रहेको बताउनु भएको छ । २०७७ को फागुनमा महाधिवेशनको मिति घोषणा भएपछि पाटीमा रक्तसञ्चार भएको बताउँदै यसले नेपालको लोकतन्त्रलाई थप मजबुत बनाउने बताउनु भयो ।
रेडियो देशान्तरको ‘देशान्तर सम्बाद’मा कुरा गर्दैै संग्रौलाले अहिले सदनमा कांग्रेसले प्रतिपक्षको भूमिका सफलतापूर्वक निर्वाह गरिरहेको बताउनुभयो ।
तर वर्तमान सरकारले संसदलाई बाइपास गर्न खोजेको बताउँदै निरन्तर खबरदार गरिरहेको पनि उल्लेख गर्नुभयो । नेपाली राजनीतिमा प्रतिपक्ष भनेको तत्कालिन एमाले जस्तो भूमिकामा कांग्रेस कहिल्यै नहुने बताउनुभयो ।
https://www.facebook.com/deshantarnews/videos/548775769045392/





प्रतिक्रिया