देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रामचन्द्रकाे प्रश्न लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ ?

देशान्तर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा दायर मुद्धाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले १ सय ७५ जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दाप्रति टिप्पणी गर्दै पौडेलले मुद्दाको प्रकृतिले संशय र प्रश्न उब्जाएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अख्तियारले बालुवाटरस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ। लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।