देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा बैठक आज बस्दै

देशान्तर

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहीबार दिउँसो १ बजे बस्न लागेकाे हाे । बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बिउ बिजन (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६’ पेश गर्ने कार्यसूची रहेको छ।

यस्तै बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘कारागार विधेयक २०७६’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र  ‘कारागार विधेयक २०७६’ पेश गर्ने कार्यसूचीमा उल्लेख छ। यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६’ लाई प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभामा उत्पति भएको ‘संघ प्रेदश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक,२०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । भौतिक  पूर्वाधार तथा यातायात वसन्तकुमार नेम्बाङले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।