देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनकपुरधाममा पत्रकार–उपमहानगर विवादले कार्यालयको काम ठप्प

देशान्तर

 

जनकपुरधाम:  जनकपुरधाम उपमहानगरपालिकाको कार्यकक्षमा पत्रकार र कर्मचारीबीच केही दिनअघि भएको विवादमा सहमति कार्यान्वयन नभएको भन्दै उपमहानगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका छन् ।

नगरपालिका कर्मचारी एसोसिएसनले पुस २८ गते भएको सम्झौता कार्यान्वयन नभएको भन्दै कामकाज ठप्प पारेका हुन् । माघ २३ गतेसम्म दिएको अल्टिमेटमअनुसार सम्झौता कार्यान्वयन नभएको भन्दै आफूहरुले कामकाज ठप्प पारेको एसोसिएसनका अध्यक्ष कृष्णकुमार झाले बताए ।

पत्रकाउपर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवा व्यवसायी धर्मेन्द्र साहलाई पक्राउ गरेपछि कर्मचारीहरुले एकतर्फी रुपमा मात्र सम्झौता कार्यान्वयन भएको बताउँदै कामकाज ठप्प पारेका छन् । कर्मचारीहरु आन्दोलनमा उत्रेपछि सेवाग्राहीहरु समस्यामा परेका छन् ।

यता कर्मचारी आन्दोलनका कारण सेवाग्राही समस्यामा परेको भन्दै केही वडाध्यक्षहरुले कार्यालय सञ्चालन गर्न माग गरेका छन् ।

उपमहानगरपालिकाका आठजना वडाध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेर कामकाज ठप्प भएपछि आमनागरिक पाउनुपर्ने सेवासुविधाबाट बञ्चित हुनु परेकोले कार्यालय सञ्चालनको वातावरण बनाउन माग गरेका छन् ।

वडाध्यक्षहरु शत्रुध्न यादव, परमेश्वर साह, मिथिलेशकुमार कर्ण, उमेश यादव, मनोज साह, शिवकुमार साह, अशोककुमार चौधरी र शत्रुध्न पाण्डेयले जिल्ला प्रशासन कार्यालयमा भएको सम्झौता कार्यान्वयन, उच्चस्तरीय आयोग गठन गरी सत्यतथ्य पत्ता लगाई दोषीउपर कारबाही एवं पीडितलाई क्षतिपूर्ति उपलब्ध गराएर कार्यालय सञ्चालन गराउन माग गरेका छन् ।