देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिममा दुई पटक भूकम्पको महसुस

देशान्तर

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ । केन्द्रका प्राविधिक सहायक (टेक्निकल असिष्टेन्ट) चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन ।