राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको क्रममा रहेको रानीपोखरी र धरहराको अवलोकन गर्नुभएको छ । आज बिहान उहाँले रानीपोखरी र धरहरा क्षेत्रमा पुगेर त्यहाँ भइरहेको पुनर्निर्माण कार्यको अवलोकन तथा त्यसबारे जानकारी लिनुभएको हो । राष्ट्रपति भण्डारीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराउनु भएको थियो । सोही क्रममा राष्ट्रपति भण्डारीले चीन सरकारको सहयोगमा हालै पुनर्निर्माण सम्पन्न भएको दरबार हाइ स्कुलकोसमेत अवलोकन गर्नुभयो । २०७२ वैशाख १२ को भूकम्पबाट ढलेको धरहरा, क्षतिग्रस्त बनेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर र पोखरीको पुनर्निर्माण कार्य भैरहेको छ ।





प्रतिक्रिया