काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेई प्रान्तमा रहेका नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । आयोगको आज बसेको आकष्मिक बैठकले सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिएको हो ।
विगत दुई हप्तादेखि छिमेकी राष्ट्र चीनको हुवेई प्रान्तमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू त्यहाँ फैलिएको कोरोना भाइरस को संक्रमणबाट सन्त्रस्त भइरहेको र उनीहरूको शीघ्र जीवन रक्षा गरिदिन माग गर्दै निजहरूका अविभावकहरूले आयोग समक्ष जीवन रक्षाको माग गर्दै ज्ञापन–पत्र बुझाएका थिए ।
चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू कोरोना भाइरसको कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमा बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको र जति लामो समय चीनमा रह्यो त्यति नै संक्रमणको जोखिममा रहेका छन् ।





प्रतिक्रिया