काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहेको गतिमा विकास निर्माणको काम अगाडि बढ्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार ४७औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खासगरी आयोजना कार्यान्वयनको गति, न्यून पुँजीगत खर्च, वैदेशिक सहयोगका आयोजनामा भइरहेको ढिलासुस्तीबारे प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘उपलब्धि हुँदै नभएका होइनन् उनले भने,तर सन्तोषजनक भएन, काम ढिला भयो, पुँजीगत खर्च ज्यादै न्युन भयो, हामीले जुन गतिमा जान थालेका थियौ, त्यसो हुन सकेन ।
उनले आयोजना कार्यान्वयनमा गति दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराए । बैठकलाई छोटो सम्बोधन गरेका प्रधानमन्त्री बैठकमा पुरै समय भने बसेनन् । आफ्नो स्वास्थमा सानो समस्या रहेको भन्दै प्रधानमन्त्रीले बैठकमा आफ्नो तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्बोधन गर्ने जानकारी गराए ।





प्रतिक्रिया