देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चीनमा रहेका १८१ नेपालीलाई तुरुन्त स्वदेश फर्काउ : डा. शेखर

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले चीनको हुवै प्रान्तमा रहेका १८१ नेपालीलाई स्वदेश फर्काउन सरकारसँग माग गरेका छन् ।

कोइरालाले समाजिक सञ्जालमा लेख्दै  संक्रमणको त्रासले हप्तौंदेखि कोठाभित्र निसास्सिएका आफ्ना नागरिकलाई तुरुन्त स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् ।

कोरोना भाइरसबाट जोगिन संघर्षरत उनीहरुले घर फर्कन सरकार गुहारेको र परिवारको ब्याकुलताका समाचारले आफूलाई दुखी बनाएको उनले लेखेका छन् ।

उनले सरकार संवेदनशील नभएकोप्रति आपति जनाउँदै आफ्ना नागरिकलाई राज्यको अनुभुति दिलाउन पहल गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।