देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहाडी भू-भागमा आंशिक बदली, यस्ताे छ आगामी तीन दिनको मौसम

देशान्तर

काठमाडौं । जल तथा मौसम पूर्वानुमान  महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।

महाशाखाले तीन दिनको मौसमकाे पूर्वानुमान जारी गर्दै हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको भएपनि वर्षा तथा हिमपातको सम्भावना नरहेको जानकारी दिएको हो ।

महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिक बदली हुने भए पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेने  छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २८ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २९ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन ०१ गते (बिहिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।