देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस संसदीय दलको बैठक आज

देशान्तर

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बस्ने भएको हो । आज बस्ने संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ ।

ललितानिवास जग्गा प्रकरणमा पार्टी उपसभापति एवम् संसदीय दलको उपनेता बिजयकुमार गच्छदारलाई मुद्दा चलाइएपछि कांग्रेसले संसद स्थगित गर्दै आएको छ । आज बैठक बसेर अबरुद्ध संसद खोल्ने बिषयमा छलफल हुने जनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना नेतालाई फसाउने र सत्तारुढ नेतालाई जोगाउने काम गरेको भन्दै संसद अवरुद्ध गर्दै आएको थियो । यसैबीच, प्रतिनिधी सभाकाे बैठक दिउँसाे १ बजे बस्दै छ ।