देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समाजवादी पार्टी नेपालकी सांसद गिरीद्धारा अख्तियार प्रमुखलाई महाअभियोग लगाउन माग

देशान्तर

 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ललिता निवासको सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई नै महाअभियोग लगाउनु पर्ने माग उठेको छ ।

पूर्वमन्त्री एवम् समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले संविधानको प्रावधानअनुसार अख्तियार प्रमुखमाथि छानबिन गर्न माग गरेकी हुन् ।

उनले संविधानको धारा १०१ को उपधारा २ मा रहेको प्रावधानअनुसार संवैधानिक अंगका प्रमुखहरुविरुद्ध प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले हस्ताक्षर गरेपछि महाअभियोग प्रस्ताव दर्ता गर्न सकिने सांसद गिरीको तर्क छ ।

‘तत्कालीन सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध यही संसदले महाअभियोग प्रस्ताव दर्ता गरेको थियो, अहिले अख्तियार प्रमुखलाई किन गर्न नहुने ? उनले प्रश्न गरिन् ।

ललिता निवासको सरकारी जग्गा प्रकरणमा भएको अख्तियारद्वारा छानबिन र विशेष अदालतमा दर्ता मुद्दाको निष्पक्षतालाई लिएर आलोचना भइरहेको छ ।