देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनआरटीलाई हराउदै थ्रीस्टार तेस्रो स्थानमा

देशान्तर

थ्रीस्टार क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा मगंलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० ले हराउँदै थ्रीस्टार तेस्रोे स्थानमा पुगेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा थ्रीस्टारले दोस्रो हाफमा १ गोल ग(यो। खेलको ७७ औं मिनेटमा दिपेशले गरेको गोल नै थ्रीस्टारका लागि निर्णायक बन्यो। ७ खेलमा जित २ मा बराबरी र ३ खेलमा हार भोगेको थ्रीस्टारको २३ अंक छ।

समान ५ खेलमा जित र हार भोगको एनआरटी २ खेलमा बराबरी गर्दै १५ अंकमा आठौ स्थानमा छ।

यसअघि सोही मैदानमा भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लवलाई ३–० ले हराउँदै त्रिभुवन आर्मी अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ। सो खेलमा आर्मीका कप्तान भरत खबासले लिगमा ५० गोल पुरा गरेका छन्।