काठमाडौँ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा ठाुकर ज्ञवाली नियुक्त भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नायव
महानिरीक्षक ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं। १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।
हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।





प्रतिक्रिया