देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गृह सचिवले लगाइदिए आईजीपी ज्ञवालीलाई फुली

देशान्तर

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।

गृह मन्त्रालयमा आज बिहान आयोजित औपचारिक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

सर्वेन्द्र खनाल नेपाल प्रहरीको सेवाबाट अवकाश भएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।