देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते

देशान्तर

बुटवल । सल्यानको चोरखालामा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको गाडी सल्यानको चोरखालामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।

कपुरकोट गाउँपालिका वडा नम्वर ३ चोरखोलामा सेनाको लु १ ग १२३ नम्वरको गाडी दुर्घटनाग्रस्त भएका हो । मृत्यु हुनेमा नेपाली सेनाका जवान २९ वर्षीय यादवराज ढरेल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको गाढी गाडी सबुज गणको रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा मेजर ईश्वर सिलवाल ,जवान रोशन हिटन, हवल्दार जय प्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ छन् ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ६ जनाको उपचार भइरहेको प्रहरी निरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।