देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज माओवादी युद्धको २५औं दिवस

देशान्तर

काठमाडाैं, १ फागुन । तत्कालिन नेकपा माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५औं दिवस आज मनाइँदैछ ।

जनयुद्ध शुरू भएको दिनलाई स्मरण गर्दै पूर्वमाओवादीबाट विभाजन भएका, जनयुद्धमा संलग्न नेता–कार्यकर्ता र शहीद परिवारले यो दिवस मनाउने गर्छन् ।

सिन्धुली र गोरखालगायत केही जिल्लाका बैंक तथा प्रहरी पोष्टहरु कब्जा गर्दै शुरू भएको जनयुद्धकै कारण नेपालमा राजतन्त्रको अन्त्य भएको थियो । द्वन्द्वरत माओवादी तथा संसदवादी सात राजनीतिक दलहरुबीचको सम्झौता पश्चात २०६२–६३ मा भएको जनआन्दोलनबाट प्रतिनिधिसभा पुनस्र्थापना भएको थियो ।

पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकले नेपालबाट राजतन्त्र अन्त्य भएको घोषणा गरेको थिया । १० बर्षसम्म चलेको हिंसात्मक शसस्त्र विद्रोहका क्रममा करिब १७ हजार नेपालीहरुको मृत्युभएको थियो ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनयुद्ध दिवसका अवसरमा आज शहिद स्मृति दिवसका रुपमा मनाउँदै छ । नेकपाले आज पार्टी केन्द्रीय कार्यालयमा बिहान नौ बजे विशेष कार्यक्रम राखिएको छ ।

कार्यक्रमलाई प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली र अधक्ष दाहाल दुवैले सम्बोधन गर्ने तय भएको नेताहरुले बताएका छन् ।