कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा कार्यरत चार नेपालीको मृत्यु भएको छ । अरब टाइम्सका अनुसार निर्माणस्थलमा कार्यरत उनीहरुमाथि बालुवा र ग्राभेल खस्दा मृत्यु भएको हो ।
सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेका छन् । उनीहरुको परिचय भने खुलाइएको छैन । समाचारमा मृत्यु भएका नेपालीहरु त्यहाँको चिनियाँ कम्पनीमा कार्यरत थिए ।
घटनालगत्तै त्यहाँ २० वटा एम्बुलेन्स तथा जहरा फायर स्टेसन र टेक्निल रेस्क्यु सेन्टरका उद्धारकर्ता पुगेर तत्कालै उद्धारको काम सुरु गरेका थिए । घटनास्थलबाट सातजनाको उद्धार गरिएको थियो ।
जसमा ४ जनाको मृत्यु भएको थियो । अन्य तीन जनालाई तत्कालै जहरा अस्पताल लगिएको छ । उनीहरुको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ । थप तीनजनाको खोजी कार्य जारी रहेको छ ।





प्रतिक्रिया