नेत्रविक्रम चन्द विप्लव समूह सम्वद्ध विद्यार्थी संगठनका अध्यक्ष पक्राउ परेका छन् । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकाअनुसार उनीसँगै पक्राउ परेका तीन जनाबारे अनुसन्धान भइरहेको छ ।





प्रतिक्रिया