असार मसान्तभित्र दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने मन्त्रालयको योजना रहेको खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले बताएकी छन्।
काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले आउँदो असारभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताएकी छन्।
आज मन्त्रालयमा मेलम्ची खानेपानी आयोजनाको श्वेतपत्र जारी गर्दै मन्त्री मगरले यस्तो बताएकी आउँदो असार मसान्तभित्र दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने मन्त्रालयको योजना रहेकोसमेत उनले उल्लेख गरिन्।
इटालियन कम्पनी सीएमसी आयोजना छाडेर भागेपछि सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिइएको थियो। चिनियाँ कम्पनीले निर्माणको जिम्मेवारी पाएपछि काम तीब्र रूपमा अघि बढेको मन्त्रालयले जनाएको छ।
असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने योजनालाई प्रभावकारी बनाउन मन्त्रालयले नियमित अनुगमन गरिरहेको समेत जनाएको छ।
आयोजना प्रमुख तेजकुमार खत्रीले आवश्यक ठाउँमा आवश्यक संख्यामा कर्मचारी खटाएर निर्माणको काम तीब्र पारिएको जानकारी दिए।





प्रतिक्रिया