देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसीलाई कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सैन्य प्रयोजनमा खर्च नहुने र अन्य कुनै कुरासँग नजोडिएकाले यसलाई अनुमोदन

गर्नुपर्ने बताएका छन् । ९ वाम समूहका नेताहरुका तर्फबाट दिइएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमसीसीलाई कार्यान्वयनमा लानु पर्ने बताएका हुन् । उनले एमसीसी ५ वर्ष भित्रमा सक्नु पर्ने अनुदान भएको र त्यो के मा खर्च गर्नेसमेत स्पष्ट भइसकेको भन्दै कुनै समस्या नहुने

बताए । प्रजातन्त्र, मानवअधिकार जस्ता विषयलाई हेरेर एमसीसी स्वीकृत भएको भन्दै प्रधानमन्त्री ओलीले यसबाट पछि हट्न नहुने बताए । ८ वर्ष अगाडि २०१२ मा नेपाल यसका लागि एमसीसीका लागि योग्य भएर २०१५ मा आएर अनुदान सहयोग पाउने टुंगो भएको बताउँदै प्रधानमन्त्री ओलीले अहिले आएर यसबारे बहस गर्नु अनावश्यक भएको बताए ।

यसैगरी, प्रधानमन्त्री ओलीले मिचिएको सीमा फिर्ता ल्याएरै छोड्ने बताएका छन् । नक्सा निकालेर चित्त बुझाएर मात्र नहुने भन्दै

प्रधानमन्त्री ओलीले मिचिएको भूमि फिर्ता ल्याएरै छोड्ने बताए ।