देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसी अध्ययन कार्यदल बैठक : प्राप्त सामग्रीमाथि छलफल जारी

देशान्तर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलको बैठक शुक्रबार पनि बसेको छ ।

बैठकले एमसीसीको विषयमा प्राप्त भएका सामग्रीहरूमाथि छलफल गरेको छ । कार्यदलका सदस्य भीमबहादुर रावलले अहिलेसम्म प्राप्त सामग्रीहरूमाथि अध्ययन गरी समिति सदस्यहरूबीच छलफल भएको बताए । उनले समितिले तथ्यका आधारमा छलफल गरेको र छलफलका विषयहरू अभिलेख गर्ने निर्णय भएको बताए ।

रावलले एमसीसीका विषयमा प्राप्त सामग्रीमाथि अझै अध्ययन गरी अभिलेख गर्दै जाने निर्णय पनि गरिएको पनि बताए । कार्यदलको बैठक छिट्टै बस्ने उनले बताए । नेकपाभित्रै एमसीसीका विषयमा तीव्र आलोचना भएपछि नेकपा केन्द्रीय समितिको बैठकले एमसीसीका विषयमा अध्ययन समिति गठनको मागको गरेको थियो ।

केन्द्रीय सदस्यहरूको मागअनुसार गठन भएको समितिले १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिए पनि समितिले भने अझै समयको माग गरेको छ ।