काठमाण्डौ ( कोरोना भाइरसको सङक्रमणबाट फ्रान्समा एक चिनियाँ पर्यटकको ज्यान गएको पुष्टि भएको छ ।
शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले चिनियाँ पर्यटकको ज्यान गएको जानकारी दिनुभयो । उनले भने चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट फ्रान्समा एक ८० वर्षीय चिनियाँ पर्यटकको ज्यान गएको पुष्टि भएको छ ।
एसिया महादेशभन्दा बाहिर यो भाइरसको सङ्क्रमणबाट ज्यान गएको यो पहिलो पटक हो । बुजिनका अनुसार फ्रान्समा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएका अन्य छ जनाको उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको छ ।
बुजिनले भने फ्रान्समा ज्यान गुमाएका चिनियाँ पर्यटकलाई जनवरीको अन्त्यतिर पेरिसमा रहेको उक्त अस्पतालमा एकान्तमा राखी सेवा प्रदान गरिएको थियो । केही दिन यता उनको स्वास्थ्य अवस्था निकै विग्रिएको थियो ।
चिकित्सकको अथक प्रयासका वाबजुत पनि उनललाई बचाउन नसकिएको स्वास्थ्यमन्त्रीले बुजिनले बताए । चीनको मध्य क्षेत्रमा रहेको हुबेईको राजधानी वुहानबाट गएको डिसेम्बरमा देखा परेको कोरोना भाइरसका कारण चीनमा एक हजार ५०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।





प्रतिक्रिया