देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद्मा विष्णु पौडेलमाथि गगनको स्वस्थानी कथा

देशान्तर

काठमाण्डौ– नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि व्यङ्ग्य गरेका छन् । उनले प्रतिनिधिसभाको शून्य समयमा स्वस्थानी वाचन शैलीमा पौडेलमाथि व्यङ्ग्य गरेका हुन् ।

उनले भने, ‘कुमार जी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु, थाहा पाइहाले होइन होइन भन्नु । चित्त बुझाउन नसके, अफ्ठ्यारो पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र दुई पटक विष्णु विष्णु भन्नु । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वस्थानी व्रतकथायां बालुवाटार प्रकरण वर्णनम नाम प्रथमोध्याय ! धन्यवाद ।’