देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजाको नामै सुन्न नसक्ने प्रवृत्ति गणतन्त्रकै लागि घातक :कमल थापा

देशान्तर

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजाको नामै सुन्न नसक्ने, शालिकसमेत भत्काउने प्रवृत्ति नै गणतन्त्रकै लागि घातक हुने बताए ।

७०औं प्रजातन्त्र दिवसको अवसरमा राप्रपा मकवानपुरले बुधबार हेटौंडामा आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजाले गरेको यागदानको सम्मान गर्दा गणतन्त्र कमजोर नहुने टिप्पणी गरेका हुन् ।

जनतालाई परिवर्तनपछि विकासको अनुभूति दिलाउन नसके आन्दोलनपछि भएका परिवर्तन संस्थागत हुनै नसक्ने थापाको भनाइ छ ।

परिवर्तनको जनताले अहिले पनि महशुस गर्न नपाएको भन्दै अध्यक्ष थापाले भने, देश विकास नभए यो परिवर्तन पनि धेरै दिन टिक्न सक्दैन ।

६२र६३ को राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको उनले बताए । तर जुन ब्यवस्था आए पनि प्रजातन्त्रको विकल्प नभएको थापाको भनाइ छ । लोकतन्त्र, गणतन्त्र जे भने पनि त्यो प्रजातन्त्र नै भएको बताउँदै अध्यक्ष थापाले प्रजातन्त्रको विकल्प भनेको अझ राम्रो प्रजातन्त्र भएको बताए