देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सांसदहरुबिरुद्ध भिडियो बनाउनेलाई कारबाही गर्न लेखा समितिको निर्देशन

देशान्तर

काठमाडौँ( संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा जोडी केही सदस्यहरुबिरुद्ध भ्रष्टाचारको भिडियो सार्वजनिक गर्नेहरुमाथि छानबिन गर्न प्रहरीको साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको छ।

सदस्यहरुको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै लेखाले साइबर क्राइममा कारबाही गर्न ब्युरोलाई निर्देशन दिएको हो।

लेखा समितिले फेसबुकमा पोस्ट गर्ने प्रभात किशोर उपाध्याय र सदस्यहरुको चरित्रहत्या गरी टिकाटिप्पणी गर्ने व्यक्ति भन्दै विजयप्रकाश मिश्रको नामै तोकेर कारबाही गर्न साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको हो।