देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टीलाई सबल, सक्षम र कार्यकर्तामैत्री बनाउँन आफु जस्तोसुकै कठीन काम गर्न सक्छु: डा. शेखर कोइराला

देशान्तर

बाँके : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई सबल, सक्षम र कार्यकर्तामैत्री बनाउँन आफु जस्तोसुकै कठीन काम गर्न तयार रहेको बताए ।पार्टीलाई पुरानै अवस्थामा पुर्याएर आगामी निर्वाचनमा बहुमत ल्याउँन सक्ने बनाउने लक्ष्य बोकेर हिडेकाले उक्त लक्ष्य प्राप्त नभएसम्म आफुले बिश्राम नलिने पनि बताएका छन् ।

सबै बिकृती हटाएर पार्टीलाई संस्थागत तरिकाले हिडाउँने अभियानमा आफु लागेको बताउँदै डा कोइरालाले भने, “गुट र भागबण्डाको राजनीतिले गर्दा पुस्तौनी आफ्नो सम्पुर्ण जीवन पार्टीका लागी लगानी गरेका त्यागी साथीहरु माथी अन्यायको श्रृङ्खला बढ्दै गयो त्यसैले गर्दा पार्टी आज यो अवस्थामा पुग्यो ।”

नेपाली कांग्रेस बाँकेले नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई संबोधन गर्ने क्रममा डा कोइरालेले पार्टी भित्र मुल्यांकनको परिपाटी अन्त्य भएको बताउँदै १४औं महाधिवेशनपछी दुरदराजका निष्ठावान र ईमान्दार पार्टीका नेता तथा कार्यकर्ताहरुमाथी न्याय हुने समेत बताए ।

आफु सत्यको बाटोमा हिडेको बताउँदै डा कोइरालाले जस्तोसुकै कठिन परिश्थिती आएपनी सत्यको बाटो नछोड्ने र बिचलित नहुने प्रष्ट्र पारे।

कांग्रेस केन्द्रिय सदस्य दिपक गिरीले दुई कम्युनिष्ट पार्टी एक भएर मात्रै नेपाली कांग्रेसको पराजय नभएको भन्दै कांग्रेसभित्रको अन्तर्घात पनि एक महत्वपूर्ण कारक रहेको उल्लेख गरे ।

उनले जब जब महाधिवेशन नजिकिँदै जान्छ, अनि क्रियाशील सदस्यताको मामिला पेचिलो बनेर आउने गरेको बताए ।

गिरीले भने, “जो व्यक्ति नेपाली कांग्रेसको बफादार कार्यकर्ता हो, जसले कांग्रेसका लागि समय दिन्छ, जो पार्टीप्रति इमानदार छ भने उसलाई क्रियाशील सदस्यता दिनुपर्छ ।”