काठमाण्डौ – नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन् ।
आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा डा. महतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई माथिल्लो तहबाटै संरक्षण र निर्देशन भएको उल्लेख गर्दै यो विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएका हुन् ।
महतले यस विषयमाथि प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताए । महतले एमसीसीका विषयमा नभएको कुरा फैलाइएको भन्दै दुःख व्यक्त गरेका छन् । नेपालको विकासमा ठूलो रकम पहिलो पटक अनुदानमा आएको उल्लेख गर्दै महतले यसमा कुनै अमेरिकी सैन्य गठबन्धनको कुरा नभएको प्रष्ट पारे ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएको छ । भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केही नेताहरुले यसमा आवश्यक संशोधन गरी पारित गर्नुपर्ने बताउँदै आएका छन् ।
नेकपाको केन्द्रीय समितिले एमसीसीका विषयमा अध्ययन गर्न कार्यदल नै बनाएको थियो । कार्यदलले शुक्रबार मात्रै सुझावसहित पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।
नेकपाको सचिवालयमा छलफल गरी पारित गर्ने विषयमा निर्णय हुने नेकपाले बताएको छ ।





प्रतिक्रिया