देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फेवातालमा डुङ्‌गा डुब्यो, एक जना बेपत्ता

देशान्तर

काठमाडौ । पोखराको फेवातालमा डुङ्‌गा डुब्दा १ जना बेपत्ता भएका छन्। दिउँसो साढे १ बजेतिर डुङ्‌गा लिएर निस्किएको ३ जनाको टोली बीच भागमा पुगेपछि डुङ्‌गासहित डुबेका हुन्।

काठमाडौंबाट पोखरा घुम्न गएका ४ जनामध्ये ३ जना डुङ्‌गा सयरमा निस्किएका थिए। ३ जनामध्ये २ जनाको सकुशल उद्धार गरिएको छ भने १ जना अझै बेपत्ता छन्।

डुङ्‌गा डुब्दा काठमांडौं(१० कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुईटेल बेपत्ता भएको प्रहरीले जनाएको छ। कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको सकुशल उद्धार गरिएको बैदाम प्रहरीका डिएसपी यादव ढकालले जानकारी दिए।

‘उनीहरू आफैंले डुङ्‌गा लगेका रहेछन्। लाइफ ज्याकेट पनि नलगाएको भन्ने बुझियो,’ ढकालले भने। बेपत्ताको खोजी भइरहेको छ।