देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै

देशान्तर

काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । एन्फिल्डमा भएको खेलमा लिभरपुलले रेलिगेसन जोनको वेस्टह्याम युनाइटेडलाई तीन–दुई  गाेल अन्तरले हरायो । एक घण्टाको खेल सकिँदासम्म तीन–एकले पछि परेको लिभपुललाई मोहमद सलाह र साडियो मानेले गोल गर्दै उद्धार गरेका थिए ।

खेलको नवौँ मिनेटमा जर्जिन्हो विजनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । तर त्यसको तीन मिनेटपछि नै इस्सा डिओपले हेडर गोल गर्दै खेल बराबरीमा पुर्‍याए । दोस्रो हाफाको नवाैँ मिनेटमा पाब्लो फोर्नल्सले गोल गरेपछि लिभरपुलको २६ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्ने सङ्केत देखिएको थियो ।तर ६८औँ मिनेटमा वेस्टह्यामका गोलकिपर फाविन्स्कीले रोक्न सक्ने बल पनि प्रयास नगरेपछि मोहमद सलाह गोल गर्न सफल भए ।

त्यसपछि खेल दुई–दुई गोलको बराबरीमा पुग्यो । ८१औँ मिनेटमा लिभरपुलले अर्को गोल गर्‍यो । यसपटक ट्रेन्ट अलेक्सान्दर आर्नोल्डको पासमा साडियो मानेले गोल गर्दै लिभरपुललाई जित दिलाए । जितसँगै लिभरपुलले प्रिमियर लिगमा ७९ अङ्क बनाएको छ । उसले दोस्रो स्थानको म्यान्चेस्टर सिटीलाई २२ अङ्कले पछि पारेको छ । लिग जित्नका लागि लिभरपुललाई अब चार जित पर्याप्त हुनेछ ।