देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सारङ्गीको धुनमार्फत सात हजार व्यक्तिलाई ट्राफिक सचेतना

देशान्तर

ट्राफिक प्रहरीले सारङ्गीको धुनमार्फत सात हजार ७०० व्यक्तिलाई ट्राफिक सचेतना प्रदान गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सचेतना प्रदान गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सडक अनुशासन र ट्राफिक नियमसम्बन्धी ज्ञान प्रदान गरिएको जानकारी दिए ।

महाशाखाले उपत्यकाको नयाँ बानेश्वर, बागबजार, रत्नपार्क, वीर अस्पताल, नयाँ सडक, कालीमाटी, त्रिपुरेश्वर, नयाँ बसपार्क, कलङ्की, स्वयम्भू, कोटेश्वर, विमानस्थल र जावलाखेल क्षेत्रमा सारङ्गीको धुनमार्फत ट्राफिक जनचेतना फैलाएको छ ।

सारङ्गीको धुनमार्फत हेमराज गन्धर्व, बालाराम गन्धर्व, दिलबहादुर गन्धर्वलगायतले ट्राफिक जनचेतना फैलाउनुभएको थियो । महाशाखाले दैनिक चार चोकमा सारङ्गीमार्फत सचेतना फैलाउँदै आइरहेको छ । रासस