देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आङछिरिङ शेर्पाका छोरा लागुऔषधसहित पक्राउः मुद्दाको सुनुवाइ जारी

देशान्तर

काठमाडौ । लागुऔषधसहित पक्राउ परेका व्यापारिक घराना यती होल्डिङ्सका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पाको मुद्दाको काठमाडौं जिल्ला अदालतमा सुनुवाइ भइरहेको छ ।
गत माघ १८ गते पक्राउ परेका शेर्पासहित चारजनाको मुद्दाको काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर–१५ भुइँखेलस्थित गुणलक्ष्मी लामामो घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट आङछिरिङ शेर्पाका छोरासहित चारजनालाई स्वयम्भू प्रहरी प्रभागको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पा, राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट खैरो हेरोइन १०० मिलिग्राम, नाइट्रोजन १० ट्याबलेट, डाइजेपाम ६ पिस, नोफिन दुई पिस, फेनगोजान ३९ पिस, सिरिन्ज १२ थान बरामद गरेको पनि प्रहरीले जनाएको छ ।