देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीन दिनसम्म मौसम सफा रहने

देशान्तर

काठमाडौं । आगामी शनिबारसम्म मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकभर उल्लेख्य मौसमी प्रणाली विकास नभएकाले बिहिबारदेखि शनिबारसम्म सामान्य वदली बाहेक मौसम सफा रहने विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आउँदो शनिबारसम्म दिउँसो तथा साँझपख पूर्वी, मध्य र पश्चिमी भेगका एकाध ठाउँमा आंशिक बदलीबाहेक मौसममा उल्लेख्य बदलाव नआउने महाशाखाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।