काठमाडौँ — गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त ३ अतिरिक्त महानिरीक्षक एआइ जीमा तारणी लम्साल, शैलेश थापा क्षत्री र हरि पाललाई सिफारिस गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले प्रहरी नायव निरीक्षक डीआइजी त्रय लम्साल, क्षेत्री र पाललाई एआईजीमा सिफारिस गरेको हो ।
यीमध्ये लम्साल प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ब्याचीुहुन्। लम्सालले आगामी असार २५ गतेबाट अवकाश पाउँदैछन्।थापा र पाल २०३९ सालमा सेवा प्रवेश गरेका थिए। गत माघ २८ गते प्रहरी महानिरीक्षकहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतले अवकाश पाएपछि रिक्त स्थानमा यी ३ जनालाई सिफारिस गरिएको हो।
त्यसपछि थापा र पालमध्येबाट प्रहरी महानिरीक्षक चयन हुनेछन्। एआइजीको बढुवा दौडमा यी तीनबाहेक नीरज शाही, प्रधुम्नकुमार कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेल प्रतिस्पर्धामा थिए।





प्रतिक्रिया