काठमाडौ । संसद्को दुवै सदनबाट पारित भएका छ विधेयक प्रमाणीकरण भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै सो जानकारी गराएका हुन् । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएकले स्वीकृत गरी सो मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडालाई र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई दिइएको जानकारी राष्ट्रपति कार्यालयको पत्र उल्लेख गर्दै अध्यक्ष तिमल्सिनाले सुनाए
यसैगरी आजको बैठकमा सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वती् ले ‘पिछडिएको क्षेत्र, समुदाय, संस्कृति र राष्ट्रिय सम्पदाको अवस्था सम्बन्धमा कर्णाली प्रदेशको स्थलगत अध्ययन भ्रमण तथा अन्तक्र्रिया कार्यक्रमको प्रतिवेदन, २०७६’ पेश गरेकी थिईन । सभाको अर्को बैठक फागुन २० गते मङ्गलबार दिनको २ बजे बस्नेछ ।





प्रतिक्रिया