देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार जनताको नजरबाट गिरिसक्याे : कांग्रेस सहमहामन्त्री महत

देशान्तर

काठमाडाैँ ।  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र विचारभन्दा व्यक्तिलाई ठूलो ठान्ने प्रवृत्ति बढ्दै गएको बताएका छन्।

कांग्रेस काभ्रे पनौती नगरपालिका– १० नम्बर वडा इकाईले शनिबार आयोजना गरेको वन भोज तथा पार्टी प्रवेश कार्यक्रममा सहमहामन्त्री महतले विचारभन्दा व्यक्ति कहिल्यै ठूलो हुन नसक्ने बताए। उनले व्यक्तिलाई केन्द्रमा राखेर नेता बन्न खोज्नेलाई कार्यकर्ताले महाधिवेशनबाट तह लगाउने बताए।

‘पार्टीमा व्यक्तिभन्दा विचार ठूलो हुन्छ’, उनले भने, ‘विचार छाडेर व्यक्तिलाई केन्द्रमा राख्ने र नेता बन्न खोज्नेलाई कार्यकर्ताले महाधिवेशनमा तह लगाउँछन्।’

उनले अहिलेको सरकार जनताको नजरबाट गिरिसकेको बताए। उनले सरकारको औचित्य सकिए पनि प्राविधिक कारणले मात्रै नढलेको स्पस्ट पारे।

सहमहामन्त्री महतले गोकुल बाँस्कोटा प्रकरणको सन्दर्भ निकाल्दै अहिलेको सरकारका मन्त्री कतिसम्म भ्रष्ट छन भनेर सारा दुनियाँले देखेको जिकिर गरे। ‘बोल्नेको पिठो बिक्ने तर नबोल्ने चामल पनि नबिक्ने’ उखानलाई प्रयोग गरेर कम्युनिस्टहरु अघिल्लो निर्वाचनमा जितेको उनको आरोप थियो।