देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित

देशान्तर

काठमाडौं । सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका कार्यक्रम स्थगित गरेको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका धेरै देशहरु प्रभावित भएकोले सरकारले भ्रमण वर्षकाे प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले समय अनुकुल नहुँदासम्म विदेशमा हुने कार्यक्रम स्थगित गर्ने निर्णय भएको बताएका हुन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने, ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौं ।’