देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाले बोलायो सचिवालय बैठक

देशान्तर

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतवार बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ । पछिल्लो समयमा देखिएको पार्टी र सरकारको मतभेद हल गर्न सचिवालय बैठक बोलाइएको हो ।

गत बुधवार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्यमा लैजान सरकारलाई सिफारिस गर्न गरेको निर्णयलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएका थिए ।

अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडालाई नै राष्ट्रिय सभामा लैजाने प्रधानमन्त्री ओलीको अडानले नेकपाभित्र विवाद निम्तिएको हो । पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न सचिवालयका सदस्यहरूले निरन्तर सुझाव दिइरहेका छन् । आज बस्न लागेको सचिवालय बैठकमा पनि प्रधानमन्त्रीलाई पार्टी निर्णय कार्यान्वयन गर्न दबाब दिइने एक सचिवालय सदस्यले बताए ।