देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब त्रिभुवन विमानस्थलबाट आउने–जाने हरेक यात्रुको परीक्षण

देशान्तर

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले कोरोना सतर्कतासम्बन्धी रणनीति परिमार्जन गरेको छ । अब विमानस्थलबाट आउने मात्र होइन, बाहिर जानेको पनि परीक्षण गरिनेछ ।

यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने गरिएको थियो । अब भने आगमन र प्रस्थान दुबै कक्षमा यात्रुको चेकजाँच गरिने भएको छ । अब सबै एयरलाइन्सबाट नेपाल भित्रने यात्रुको व्यक्तिगत रुपमा हेल्थडेस्कले जाँच गर्नेछ ।

यसको शुरुवात आइतबारबाटै भएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सरोकारवाला मन्त्रालय, विभाग र निकायसँग छलफल गरेका थिए ।

छलफलअनुसार विमानस्थल भित्रको व्यवस्थापनका लागि विमानस्थलका निर्देशक देवचन्द्र लाल कर्णको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा स्वास्थ्य मन्त्रालय, सुरक्षा निकाय, अध्यागमनलगायत सरोकारवाला निकायको प्रतिनिधित्व रहेको छ ।