देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमणको आशंकामा २ जना टेकु अस्पतालको आइसोलेसनमा

देशान्तर

काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् ।

उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका प्रवक्ता अनुप बास्तोलाले बताए।

दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको यो पहिलो केस हो प्रवक्ता बास्तोलाले भने, उहाँहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि हामीले आइसोलेसनमा राखेर चेक जाँच गर्न खोजेका हौं ।

प्रवक्ता बास्तोलाको अनुसार अस्पतालमा राखिएका दुई जना पुरुष हुन् । उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको होइन । उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका बास्तोलाले बताए ।

उनले भने, ‘नमुना संकलन गरेर ल्याबमा पठाइसकेका छौँ, भोलिसम्ममा रिपोर्ट आउँछ। दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिइसकेको छ। दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।