काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुने भएका छन्। स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने इच्छा जनाएका प्रधानमन्त्री ओली आज शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुने ओलीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले केहीबेरमा राष्ट्रिय योजना आयोगको बैठक पनि राखेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाका अनुसार प्रधानमन्त्री आज अस्पताल भर्ना हुने भएपनि समय टुंगो लागेको छैन।
शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रधानमन्त्री ओलीकोे मृगौला प्रत्यारोपण हुनेछ। यसअघि फेरिएको मृगौलाले गत कात्तिकदेखि काम गर्न छोडेपछि ओलीले नियमित डायलाइसिस गराईरहेका छन्। ओलीको पहिलो पटक १२ वर्ष अगाडि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। यसपटक ओलीलाई झापाकी भाञ्जी नाता पर्ने एक महिलाले मिर्गौला दिन लागेको बताइएको छ।





प्रतिक्रिया