काठमाडौं । चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिएका १ सय ७५ जना नेपाली विद्यार्थीहरु स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएका छन्
दोस्रो पटक गरिएको कोरोना परीक्षण नेगेटिभ आएपछि क्वारेन्टाइनबाट उनीहरु सोमबार नै घर फर्किएका हुन् । दिउँसो ४ बजे स्वास्थ्य राज्यमन्त्री नवराज रावतको रोहवरमा उनीहरुलाई क्वारेन्टाइनबाट बिदाइ गरिएको हो ।
भक्तपुरको खरिपाटीमा दुई सातासम्म उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले क्वारेन्टाइनमा रहेका सबैको स्वाब रिपोर्ट नेगेटिभ आएका कारण उनीहरु क्वारेन्टाइबाट घर फर्काइएको बताए ।
घर फर्किने क्रममा उनीहरु निकै खुशी बनेका थिए । उनीहरुले चीनबाट उद्धार गरेर ल्याउनुका साथै क्वारेन्टाइनमा राम्रो सुविधाका साथ राखिएको भन्दै सरकारको प्रशंशा समेत गरेका छन्





प्रतिक्रिया