देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘पानी फोटो’साउन ३० मा रिलिज

देशान्तर

खगेन्द्र लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘पानी फोटो’ले रिलिज मिति घोषणा गरेको छ । निर्देशक लामिछानेले चलचित्र साउन ३० गते रिलिज बताएका छन् ।

अभिनयमा विविधता पस्कन माहिर मानिने खगेन्द्र लेखकको रुपमा पनि स्थापित छन् । निर्देशणमा भने उनले यस चलचित्रमार्फत डेब्यु गर्दैछनु । त्यसैले पनि यस चलचित्रलाई प्रतिक्षा गरिरहेका छन् ।

निर्देशक लामिछानेले नै लेखेको पुस्तक ‘पानी फोटो’लाई चलचित्रको रुप दिइएको यस चलचित्रमा खगेन्द्रबाहेक सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, वुद्दि तामाङ, कमलमणी नेपाल, आशान्त शर्मा, श्यामकुमार खड्का मल्लिका महत लगायतको अभिनय रहेको छ ।

चलचित्रले १५ वर्ष अगाडि वेपत्ता भएको सन्तानको पर्खाईमा रहेका बुबाआमाको कथालाई प्रस्तुत गर्नेछ । दीपक बज्रचार्यले खिचेको चलचित्रलाई निमेश श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गर्नेछन् ।