देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोखरामा ‘कोरोना’ संक्रमितलाई राख्न ६० शय्याको ‘आइसोलेसन वार्ड’ तयारी अवस्थामा, क्वारेन्टाइन का लागि स्थल खोजी

देशान्तर

पोखरामा कोरोना भाइरस सङक्रमण व्यक्तिलाई राख्नको लागि  ६० शय्याको ‘आइसोलेसन वार्ड’ तयारी अवस्थामा राखिएको छ ।

पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् क्षेत्रीय अस्पताल, चरक, मणिपाल, गण्डकी मेडिकल कलेजमा आइसोलेसन वार्ड तयार भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ‘क्वारेन्टाइन’का लागि सम्भावित स्थलको खोजी भइरहेको जनाइएको छ ।

गण्डकी प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउने छ । अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत मिलाइएको छ ।

चीनसँग जोडिएको कोरला नाकाबाट गण्डकी प्रदेशको पर्यटकीयस्थल मुस्ताङ जिल्ला पनि सीमा जोडिएका कारण मुस्ताङमा ‘हेल्थ डेस्क’ राखेर स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको छ ।

पोखरा विमानस्थलमा पर्यटकको ज्वरो नाप्ने र स्वास्थ्य अवस्था बुझ्ने काम नियमित भइरहेको छ । हालसम्म यात्रीमा कुनै लक्षण देखिएको छैन । कोरोनाको त्राससँगै बजार पनि सुनसान बन्दै गएको छ ।

औषधि पसलले मास्क तथा औषधिको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेच्न थालेपछि प्रशासनले निगरानी बढाएको जनाएको छ । सचेतना अपनाए यसबाट बच्न सकिने भएपनि सर्वसाधारणमा भने अनावश्यक त्रास फैलिएको देखिन्छ ।