देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस महामन्त्री कोइराला भारतमा

देशान्तर

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला भारत गएका छन्।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट उनी भारतका लागि उडेका हुन्। भारतको बनारसमा हुने ‘नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भूमिका’ विषयक कार्यक्रममा भाग लिन महामन्त्री कोइराला नेतृत्वको टोली गएको हो।

कांग्रेसका केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, दीपक गिरी, उदयशम्शेर राणा र दीपक खड्का भारत गएका हुन्।

महामन्त्री कोइराला फागुन पहिलो साता पनि भारतबाट फर्केका हुन्।  उनले त्यसबेला उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि भेटेका थिए। इन्डिया फाउन्डेशन दिल्ली, नेपाल–भारत चेम्बर अफ कमर्स तथा इन्डष्ट्री काठमाडौं र नीति अनुसन्धान प्रतिष्ठान नेपालले संयुक्त रूपमा यसअघि गरेको सम्मेलनमा नेपालबाट महामन्त्री कोइराला र रिजाललगायत पुगेका थिए। यसपटक राजनीतिक भेटघाट हुनेरनहुनेबारे कोइरालाको सचिवालयले जानकारी दिएको छैन।