देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश सांसद रावललाई ४ दिन थुनामा राख्न अनुमति

देशान्तर

काठमाडौं । बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सुदूरपश्चिम प्रदेशका नेकपा सांसद अक्कलबहादुर रावललाई ४ दिनको म्याद दिइएको छ ।

कैलाली जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो । अछाम क्षेत्र नम्बर २ क बाट निर्वाचित प्रदेश सांसद रावलमाथि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

पीडित भनिएकी महिलाले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा दिएको उजुरीका आधारमा उनी बुधबार पक्राउ परेका थिए । प्रहरीका अनुसार घटना गत माघ २१ गतेकै भएपनि ढिलागरी उजुरी परेको थियो ।