काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
नेता नेपाल निवासमा आज दुवैजनाबीच भेटवार्ता भएको हो । नेपाललाई भेट्न राजदूत क्वात्रा आज बिहानै नेता निवास कोटेश्वर पुगेका थिए । भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
वरिष्ठ नेता नेपालको आज जन्मदिन पनि रहेकोले राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको शुभकामना समेत दिएका रिजालले बताए । क्वात्राले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अोहोदाको प्रमाणपत्र पेस गरेका थिए ।
बिहीवार नै उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका थिए । उनी बुधवार काठमाडौं अाइपुगेका हुन् ।





प्रतिक्रिया