देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली अबको दुई दिनभित्र ‘डिस्चार्ज

देशान्तर

काठमाडौं, यही फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी बुधबारसम्ममा अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने दाबी चिकित्सकहरुले गरेका छन् ।

मिर्गौला प्रत्यारोपण टिमको नेतृत्व गरेका डा। प्रेम ज्ञवालीले बुधबारभित्रमा डिस्चार्ज गर्ने बताए । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको र अबको दुई दिनभित्र डिस्चार्ज दिने उनले उल्लेख गरे ।

यस्तै, त्रिवि शिक्षण अस्पतालले पनि सोमबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सन्तोषजनकरुपमा सुधार भएको जनाएको छ । नियमितरुपमा भोजन, व्यायाम र हिँड्डुल गर्न थालेको अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाले दाबी गरे । प्रधानमन्त्री ओलीसँग चिकित्सकबाहेक अरु कसैलाई भेट्न भने दिइएको छैन ।